दफा १९
सार्वजनिक सभा र जुलुसको व्यवस्था
(१) सार्वजनिक बाटो, सडक वा आवत जावत हुने स्थानमा सभा गर्ने वा जुलुस निकाल्ने सम्बन्धमा जन साधारणलाई असुविधा
पर्ने वा शान्ति भङ्ग हुने स्थिति उत्पन्न नहोस् भन्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी वा निजबाट त्यस कामका निम्ति अख्तियार पाएका प्रहरी अधिकृतले सभा वा जुलुसका निम्ति ठाउँ, बाटो र समय तोक्न सक्नेछ ।
(२) उपदफा (१) विपरीत कुनै कार्य भए गरेमा प्रमुख जिल्ला अधिकारी वा निजबाट त्यस कामका निम्ति अख्तियार पाएका प्रहरी अधिकृतले त्यस्तो सभा वा जुलुस रोक्न वा भङ्ग गर्न सक्नेछ ।